१३ फागुन, काठमाडौँ । टोयोटा मोटर यूरोपले पोल्याण्डको वाल्ब्रजिचमा नयाँ भेहिकल (सवारी साधन) रिसाइक्लिङ्ग प्लान्ट निर्माणको घोषणा गरेको छ।
यो सुविधाले जीवनको अन्त्यतिरका सवारी साधनहरूको प्रोसेसिङ गर्ने काम गर्नेछ र प्रति वर्ष लगभग २०,००० सवारी साधनहरू ह्यान्डल गर्ने अपेक्षा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
नयाँ सवारी साधनहरूको उत्पादनको लागि कारखानाले स्टील, आल्मुनियम, कपर (तामा) र प्लास्टिक जस्ता बहुमूल्य भागहरू र सामग्रीहरू रिकभर (पुनःप्राप्त) गर्नेछ।
साथै ब्याट्रीहरू र प्रमुख कम्पोनेन्टहरू पुनः प्रयोग, नवीकरण वा पूर्ण रिसाइक्लिङ्गको लागि जाँच गरिनेछ।
बेलायतको बर्नास्टनमा २०२५ मा खोलिएको कारखानापछि यो युरोपमा कम्पनीको यस्तो प्रकारको दोस्रो कारखाना हो।
कम्पनीका अनुसार यो परियोजना गोलाकार अर्थतन्त्र र सवारी साधन उत्पादनमा कार्बन तटस्थता हासिल गर्ने रणनीतिको एक हिस्सा हो।


+ There are no comments
Add yours