माैसम पूर्वानुमान : कस्तो रहला आज देशभरको मौसम ?

२२ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको छ। तराईका भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भूभागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकोले तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours