१४ पौष, न्यूयोर्क । अमेरिकाले संयुक्त राष्ट्र संघ (यूएन)लाई दिँदै आएको आर्थिक सहयोगमा उल्लेखनीय कटौती गरेको छ । अबदेखि अमेरिकी प्रशासनले यूएनलाई वार्षिक २ अर्ब डलर मात्र सहायता दिने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले यूएनका विभिन्न मानवीय कार्यक्रमहरूलाई दिँदै आएको रकम क्रमशः घटाउँदै आएको छ । ट्रम्पले संयुक्त राष्ट्र संघका एजेन्सीहरूलाई नयाँ वास्तविकतामा अनुकूलन गर्न वा लोप हुने अवस्थाको सामना गर्नुपर्ने चेतावनी पनि दिएका छन् ।
अमेरिकाले दिने भनिएको २ अर्ब डलर यसअघि यूएनलाई उपलब्ध गराउँदै आएको कुल सहयोगको सानो हिस्सा हो । संयुक्त राष्ट्र संघका तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा अमेरिकाले वार्षिक रूपमा करिब १७ अर्ब डलर सहायता प्रदान गर्दै आएको थियो । यसमध्ये ८ देखि १० अर्ब डलर स्वैच्छिक योगदान थियो भने बाँकी रकम सदस्यता शुल्कका रूपमा भुक्तानी गरिँदै आएको थियो ।


+ There are no comments
Add yours