पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?

०६ पुष, काठमाडाैँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ। देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours