०३ पुष, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।
गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको गोरखापत्र डिस्कोर्सको छलफलमा सहभागी हुनु हुँदै उहाँले यस्तो बताएका हुन्।
‘कस्तो मनोबल ?’ शीर्षकको प्यानल छलफलमा धारणा राख्दै उनले भने, ‘यो सरकारले निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने एउटा सन्देश दिनु पर्छ । निजी क्षेत्रले राज्यलाई कर बुझाएर र रोजगारी दिएर महत्त्वपूर्ण योगदान गरेको छ भन्ने बुझाउनु पर्छ ।’ यस्तो सन्देश दिन सके निजी क्षेत्रमाथिको आक्रमण कम हुने उनको विश्वास छ ।


+ There are no comments
Add yours