२९ मंसिर, काठमाडौँ। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागी भएर जलेको प्रहरी वृत्त बौद्धको भवन स्थानीयवासी एवं विभिन्न सङ्घसंस्थाको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी आइतबारदेखि प्रयोगमा ल्याइएको छ ।

पुनःनिर्मित भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रहरी परिसर काठमाडौँका प्रमुख रमेश थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष भुवन लामा, पुनःनिर्माण समितिका अध्यक्ष जयमङ्गल लामालगायतले जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयसहित सार्वजनिक निकायमा आगलागीलगायतका कुकर्म गर्नेलाई सिसीटिभी फुटेज हेरेर कानुनी कारबाही गरिनुपर्नेमा जोड दिएका थिए ।



+ There are no comments
Add yours