डिसेम्बर ३ः विश्व इतिहासमा के के भयो ?

१७ मंसिर, एजेन्सी । डिसेम्बर ३ को दिन विश्व इतिहासमा विज्ञान, मनोविज्ञान, साहित्य तथा सांस्कृतिक क्षेत्रमा विभिन्न घटनाहरु भएका छन्। जसमा विश्वको पहिलो मुटु प्रत्यारोपणदेखि लिएर २०औं शताब्दीका महान् साहित्यकार र मनोवैज्ञानिक व्यक्तित्वहरूको जन्मदिन समेत रहेको छ।

दक्षिण अफ्रिकामा विश्वको पहिलो मानव मुटु प्रत्यारोपण

दक्षिण अफ्रिकामा सन् १९६७ डिसेम्बर ३ मा चिकित्सा विज्ञानले अद्भुत उपलब्धि हासिल गरेको थियो। दक्षिण अफ्रिकाका प्रख्यात सर्जन क्रिस्टियन बर्नार्ड नेतृत्वको टोलीले केप टाउनस्थित ग्रुट शुर अस्पतालमा ५४ वर्षीय लुइस वाशकान्स्कीलाई सफलतापूर्वक मुटु प्रत्यारोपण गरेको थियो।

मुटु प्रत्यारोपण वाशकान्स्की १८ दिन मात्रै बाँचेकी थिइन्। उक्त उपलब्धिले आधुनिक मुटु प्रत्यारोपण प्रविधिको आधारशिला बनाएको थियो। बर्नार्डको साहस र नवीनताले चिकित्सा इतिहासमा नयाँ अध्यायको सुरुवात भएको मानिन्छ ।

बाल मनोविश्लेषणकी संस्थापकको जन्म

१८९५ डिसेम्बर ३ मा प्रसिद्ध मनोविश्लेषक सिग्मन्ड फ्रायडकी छोरी अन्ना फ्रायड जन्मिएकि थिइन्। उनी बाल मनोविश्लेषण क्षेत्रकी अग्रणी वैज्ञानिक मानिन्छिन्। उनको ख्यातिप्राप्त पुस्तक ले ‘अहं रक्षा संयन्त्र’ सम्बन्धी आधुनिक मनोविज्ञानको आधार तयार गरेको थियो। अन्ना फ्रायडका सिद्धान्तहरूले बाल चिकित्सा, शिक्षा र सामाजिक कार्यमा दीर्घकालीन प्रभाव छोडेका छन्।

कवयित्री ग्वेन्डोलिन ब्रूक्सको निधन

अफ्रिकी–अमेरिकी समुदायको जीवन, संघर्ष र आत्मसम्मानलाई कवितामार्फत उजागर गर्ने पुलित्जर विजेता कवयित्री ग्वेन्डोलिन ब्रूक्सको आजकै दिन निधन भएको थियो।

१९५० मा उनको कृति एनी एलेन ले उनलाई कविता विधामा पुलित्जर पुरस्कार दिलाएको थियो। उक्त सम्मान पाउने उनी पहिलो अफ्रिकी–अमेरिकी व्यक्तित्व थिइन्। उनको साहित्यले अमेरिकी नागरिक अधिकार आन्दोलन र ब्ल्याक कम्युनिटीलाई आवाज दिएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours