दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

१४ मंसिर, नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ।

यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्।

शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको मृत्यु भएको हो । 

You May Also Like

More From Author

+ There are no comments

Add yours