१० मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक रोमाञ्चक खेल हुँदैछ। आज विराटनगर किंग्स र चितवन राइनोज बीच दिउँसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ।
जारी प्रतियोगितामा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्स लगातार तीन खेल जितेर अपराजित रहेको छ। विराटनगरको टोलीमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडीका साथै जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडीहरू रहेका छन्।
अर्कोतर्फ, कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ। चितवनको टोलीमा रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडीहरू छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडीहरू रहेका छन्।


+ There are no comments
Add yours