Advertisement

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज, प्रत्यक्ष हेर्न दुईथरी टिकट मूल्य

0 690

Advertisement

१७ भदौ, काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज हुँदैछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसगँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । त्यसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल मात्रै आफ्नो पक्षमा पारेको छ । त्यस्तै नेपाल र भारतीचका चार खेल बराबरीमा सकिएको इतिहास छ । खेल साँझ ५ः३० बजे हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा रहेको जानकारी दिए । उनले खेल जित्नकै लागि खेल्ने बताए ।

प्रशिक्षक अलमुताइरीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शनका साथै जित्नकै लागि खेल्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उनले नेपाल भन्दा भारत निकै बलियो भए पनि इतिहासलाई नहेरी भविष्यका लागि खेल्ने बताए ।

उनले भारतविरुद्ध नेपालको विगतमा राम्रो नतिजा नभए पनि त्यसले खासै असर नपर्ने जानकारी दिए । भविष्यलाई ध्यानमा राखेर तयारीसमेत गरिरहेको र दुवै खेलमा जित हासिल गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म हुनेछ ।

खेल हेर्न टिकट मूल्य १ हजार र २ हजार

मैत्रीपूर्ण खेलको टिकट मूल्य तय भएको छ । एन्फाले बुधबार दुई फरक दरको टिकट मूल्य तोकेको छ । सामान्य प्यारापिटतर्फ १ हजार र भीआईपीतर्फ २ हजारको टिकट मूल्य तोकेको छ । टिकट प्रभु पेबाट किन्न सकिनेछ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले ५१ सय दर्शकलाई अनुमति दिएको एन्फाले जनाएको छ । तर, खेल हेर्ने दर्शकले कोभिडको पूर्ण खोप लगाएको वा कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको देखाउनु पर्नेछ ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.