विकिपिडियालाई टक्कर दिने मस्कको दाबी — ग्रोकिपिडियाको बिटा संस्करण सुरु

ग्रोकिपिडियाद्वारा सेवा सुरु, ‘वाम–पक्षधर’ विकिपीडियालाई टक्कर दिने मस्कको दाबी

११ कात्तिक, न्यूयोर्क । एलन मस्कको कम्पनी एक्सएआईले सोमबार अनलाइन विश्वकोश विकिपिडियासँग प्रतिस्पर्धा गर्न ग्रोकिपिडिया सञ्चालन गरेको घोषणा गरेको छ।

मस्कले विकिपिडियामाथि प्रणालीगत वैचारिक पूर्वाग्रह गरेको आरोप लगाउनु भएको छ।

संस्करण ०.१ डब गरिएको साइटमा सोमबार साँझसम्म आठ लाख ८५ भन्दा बढी लेखहरू प्रकाशित छन् । विकिपिडियाको अङ्ग्रेजी संस्करणमा ७० लाखभन्दा बढी लेखहरू प्रकाशित छन् ।

मस्कको एआई–सञ्चालित ग्रोकिपिडिया सोमबार सुरु हुने बित्तिकै अवरुद्ध भएको थियो तर अब यसलाई समाधान गरिएको छ । मस्कले आफ्नो लगानीको ग्रोकोपिडियालाई ‘सत्य र पूर्वाग्रह–मुक्त’ विकल्प भन्नु भएको छ।

यो विकिपिडियासँग मिल्दोजुल्दो देखिन्छ। विकिपिडियामा ‘वैचारिक कथाहरू’ र प्रचारको बारेमा मस्कले आशङ्का व्यक्त गर्दै आउनु भएको थियो । उहाँले यो ‘सत्य र ज्ञानको खोजी’ गर्ने आधार खोज्ने सिर्जना गरिएको बताउनु भयो ।

यो एक्सएआईको ग्रोक एआई च्याटबोटद्वारा सञ्चालित छ र वास्तविक समय र तथ्याङ्कबाट अपडेट हुनेछ।

ग्रोकिपिडियाको अहिलेको संस्करण बिटा संस्करण हो तर मस्कका अनुसार १.० संस्करण यो भन्दा १० गुणा राम्रो हुनेछ ।

मस्क विकिपिडियाको नियमित आलोचकमध्ये एक हुनुहुन्थ्यो । सन् २०२४ मा उहाँले साइटलाई ‘उग्र–वामपन्थी कार्यकर्ता’हरूद्वारा नियन्त्रित भएको आरोप लगाउँदै यस प्लेटफर्ममा चन्दा बन्द गर्न आह्वान गर्नुभएको थियो ।

अगस्टमा उहाँले भन्नुभएको थियो, “विकिपिडियालाई सामुदायिक सूचनाहरूको लागि एक निश्चित स्रोतको रूपमा प्रयोग गर्न सकिँदैन, किनकि त्यहाँको सम्पादकीयमा अत्यन्त वामपन्थी प्रभाव देखिन्छ।” रासस/एएफपी

You May Also Like

More From Author

+ There are no comments

Add yours