२४ असोज, काठमाडौँ । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने मुख्य उद्देश्यका साथ आज (असोज २४ गते) विश्वभर विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै छ। सन् १९९२ देखि मनाउन थालिएको यो दिवसले ‘मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने’ वास्तविकतालाई बोध गराउँदै आएको छ।
यो दिवसले विशेष गरी प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्काल जस्ता सङ्कटमा परेका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श दिने र उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
संयुक्त राष्ट्रसङ्घले हरेक व्यक्तिको मानसिक स्वास्थ्य सबल बनाउने तर्फ लाग्न राजनीतिक नेतृत्व, सरकारी कर्मचारी, स्वास्थ्य तथा सामाजिक सेवा प्रदायक, विद्यालय कर्मचारी र सामुदायिक समूहहरू सहित सबैलाई एकताबद्ध भएर काम गर्न आह्वान गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले ‘मन स्वस्थ भए तन पनि स्वस्थ हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न आफ्ना सदस्य राष्ट्रका सबै नागरिकलाई आग्रह गरेको छ।


+ There are no comments
Add yours