कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा राखे झण्डा र बीपीको फोटो, लेखे– हामी उठ्ने छौं

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् ।

जेनजी युवाहरुको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरुले पार्टीको झण्डा र बीपी कोइरालाको तस्वीर अंकित ब्यानर राखेका हुन् ।

बीपीको तस्वीरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौं, हामी उठ्ने छौं’ लेखिएको छ ।

केही प्रदर्शनकारीले आगजनी गरिदिँदा कांग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours