०७ भदाै, काठमाडौँ । भारत र चीनबिच नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्ने सहमतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया–चाइना’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गरेका थिए।
उनीहरूले लिपुलेकमार्फत हुने भारतीय र चिनियाँ ‘अतिक्रमणकारी षड्यन्त्र’ तत्काल रोक्नुपर्ने माग गरेका छन्।
आयोजक विद्यार्थी संगठनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनैपनि कदमलाई सहन नसकिने बताएका छन् । चीन र भारतबिचको सहमतिको नेपालमा तीव्र विरोध भइरहेको छ ।





+ There are no comments
Add yours