मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा: पीजीमा अहिलेसम्मकै धेरै पास

१९ साउन, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएर स्नाकोत्तरतह (पीजी)को लाइसेन्स परीक्षामा करिब ९२ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

काउन्सिलले साउन १५ र १६ गते लिएको विशेष परीक्षामा ९१ दशमलव ८२ प्रतिशत चिकित्सक उर्तीण भएका हुन्।

काउन्सिलका अनुसार पहिलो पटक पीजीको लाइसेन्स परीक्षामा धेरै चिकित्सक उत्तीर्ण भएका छन्। यो संख्या यो गतवर्ष साउनमा लिइएको परीक्षाको नतिजा भन्दा शून्य दशमलम ३७ प्रतिशतले बढी हो।

काउन्सिल रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार परीक्षाका लागि कुल १ हजार ७९ जनाले फारम भरेका थिए। तर परीक्षामा एक हजार ७६ जना सहभागी थिए।

ती मध्ये ९८८ जना ९१.८२ प्रतिशत उत्तीर्ण भएका छन्। ४ जनाको नतिजा रोकिएको छ।

विशेष परीक्षा उत्तीर्ण गरेपछि विशेषज्ञ चिकित्सकको रुपमा आधिकारिता प्राप्त हुने गर्दछ। यसपटक परीक्षामा कुल ३६ विषयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। काउन्सिलले हरेक वर्ष साउनमा लाइसेन्स परीक्षा लिने गर्दछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours