अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप हुँदै

२५ असार, काठमाडौं । अलस्टार इस्पोर्ट्स नेपालले आगामी असार २९ देखि ३१ गतेसम्म काठमाडौंको आइआइएमएस कलेजमा ‘अलस्टार इस्पोर्ट्स च्याम्पियनसिप २०२५’ आयोजना गर्ने भएको छ।

टुर्नामेन्टमा पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र इ-फुटबल तीन प्रमुख गेमहरूमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सहभागी हुन प्दस टु सकाएकाहरूलाई दर्ता निःशुल्क हुनेछ भने विजेताहरूका लागि कुल २५ हजार रुपैयाँभन्दा बढी नगद पुरस्कारको व्यवस्था गरिएको छ।

प्लस टु पास गरेका विद्यार्थीहरूका लागि विशेष प्रविष्टि सुविधा दिइने पनि बताइएको छ। कार्यक्रममा रोमाञ्चक उपहारहरू पनि प्रदान गरिनेछ।

यस प्रतियोगिताको शीर्षक प्रायोजक कुन्यो गेमिङ छ भने शैक्षिक साझेदार आइआइएमएस कलेज र एथर एनर्जीको सपोर्ट छ ।

अलस्टार इस्पोर्ट्स नेपालका अनुसार यो प्रतियोगिता युवा गेमरहरूलाई अवसर दिने, समुदाय निर्माण गर्ने र नेपालमा इस्पोर्ट्सको भविष्य उज्यालो बनाउन सघाउने उद्देश्यले आयोजना गरिएको हो।

इच्छुक खेलाडी वा टोलीहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours