१९ असार, काठमाडौं । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा एकैदिन ११ अर्ब रुपैयाँ थपिएको छ । केन्द्रीय बैंकको असार १५ र १६ गतेको तथ्यांकले सो देखाएको हो ।
असार १५ गतेसम्म बैंकिङ्ग प्रणालीमा ७० खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ७० खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप १० अर्ब रुपैयाँले बढेको छ ।
सो समयमा कर्जा प्रवाहमा भने झिनो रकमको मात्र सुधार देखिएको छ । असार १५ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ८० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५५ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा पनि २ अर्ब रुपैयाँले नै बढेको छ । केन्द्रीय बैंकका तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७७ दशमलव ७३ प्रतिशत रहेको छ।


+ There are no comments
Add yours