रियल म्याड्रिड अल-हिलालसँग रोकियाे

०५ असार, काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकपअन्तर्गत समूह चरणको खेलमा साउदी अरेबियाको अल-हिलालसँग बराबरीमै राेकिएकाे छ ।

आज बिहान सम्पन्न भएकाे समूह ‘एच’ को पहिलो खेलमा रियल र अल-हिलालले १-१ को बराबरी खेलेका हुन् । खेलमा रियल म्याड्रिडका लागि गोन्जालो गार्सियाले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन। अल-हिलालका रुबेन नेभेसले ४१ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा खेल १-१ को बराबरीमा सकिएको हो। यो बराबरीसँगै दुवै टोलीले समूह चरणमा १-१ अंक बाँडेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours