३१ जेठ, काठमाडौँ । मिति २०८२ साल आषाढ १ गते आइतबार मिथुन आषाढ संक्रान्ति सिद्धार्थि नामसंवत्सर,श्रीसूर्य उत्तरायण,ग्रीष्मऋतु,आषाढ कृष्णपक्ष चतुर्थी तिथी अपरान्ह: २ / २२ बजेसम्म त्यस उप्रान्त तिथी पञ्चमी आरम्भ,श्रवण नक्षत्र राती १२ बजेसम्म त्यस उप्रान्त धनिष्ठा नक्षत्र आरम्भ, ऐन्द्र योग,कौलव करण , श्रीसूर्यनारायण आषाढ १ गते आइतबार २ / २२ बजे वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नुहुनेछ।
त्यसैले यो दिनलाई षडशितीमुख नाम गरेको संक्रान्ति भनिन्छ।महिनाको देवताको नाम वामन ,देवीको नाम कमला ,सूर्यको नाम रवि : हो।यो दिन मिथुन राशिमा सूर्य :, मकर राशिमा चन्द्र : र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण
गर्नाले गङ्गा स्नान {नुहाएको}फलप्राप्त हुनेछ । महिनाको फल यस प्रकार रहेको छ।
आइतबार संक्रान्ति परेको हुनाले लडाईं ,झगडा,राज्य,राज्यबीच दुश्मनी वढ्ने,तेल र रसादि पदार्थको साथै खाद्दान्न वस्तुको मूल्य बढ्ने छ।सुनआदी धातुको मूल्य सस्ता हुनेछन्।गर्मी बढेर नयां रोग देखा पर्ने,महिनाको सुरमा वर्षाको प्रभाव पर्ने २२ र २३ गते अत्याधिक वर्षाले धनजनको नास हुने देखिएको छ।
गर्मिले जनजीवन कष्टदायी हुनेछ।
पं-बालमुकुन्द देबकोटा।


+ There are no comments
Add yours