हुम्लामा भेटियो चाइनिज हेरन चरा

२२ जेठ, हुम्ला । हिमाली जिल्ला हुम्लामा चाइनिज हेरन चरा पहिलो पटक भेटिएको छ । दुर्लभ जातको चाइनिज पोण्ड हेरन चरा हुम्ला भेटिएको हो।

उकालीको हिमचितुवा सर्वेक्षण गर्न क्रममा भेटिएको वन्यजन्तु फोटोगाफर टाशी आर घले जनाकारी दिए । जेठ १८ हुम्लाको लुर्पे क्षेत्रमा भेटिएको घलेले बताए।

उनले पुर्वी एसियाली चराको सम्भावित बासस्थानको सीमा पश्चिमी हिमाली क्षेत्रमा फैलिएको संकेत दिन्छ भने। चाइनिज पोण्ड हेरन सामान्य पूर्वी र दक्षिण पूर्वी एसियामा पाइने चरा हो टाशी आर घलेको भनाइ छ।

नेपालमा पहिलोपटक सन् २०२२ मा चितवन जिल्लाको एक धान खेतमा यसको अभिलेख गरिएको थियो।त्यसपछि पोखरा, धनुषा र शुक्लाफाँटमा पनि देखापरेको थियो। तर यसअघि हुम्लामा कहिल्यै यसको कुनै अभिलेख थिएन ।

‘हुम्लाका लागि चराविज्ञानको क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि हो,’ फोटोग्राफर टाशी आर घलेले बताए ।

हामी हिमचितुवाको अनुसन्धानमा होमिएका थियौं, तर प्रकृतिले हामीलाई एउटा नयाँ चकित पार्ने उपहार दियो।’ अनुसन्धान गर्दा यस क्षेत्रमा ५३ थरीका चराहरू पाइएको उल्लेख गरिएको छ ।

चराहरूमा केही सामान्य प्रजातिहरू मात्रै नभई दुर्लभ र संरक्षणको आवश्यकता पर्ने प्रजातिहरू पनि समावेश छन्, जुन वैज्ञानिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ।

उकाली प्रोजेक्ट का टासी आर घले (फोटोग्राफर),अविनाश लामा (आउटरीच अफिसर उकाली), लुन्डुप दोर्जे लामा (संरक्षण अधिकृत उकाली), टासी तोपग्याल तामाङ(अनुसन्धान सहयोगी, उकाली),फुर्वु लामा (लोजिस्टिक हेड), हेन्‍री लुड्के (इन्टर्न विद्यार्थी, अमेरिकन) ,लियो डुट्केविच (इन्टर्न विद्यार्थी, अमेरिकन), छयांग लामा(कुक),सोनम टासी लामा(सिटिजन साइन्टिस) सर्भेक्षण टोलीमा समावेश थिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours