बूढानीलकण्ठको पार्क भिलेज होटलमा चोरी

१३ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–३ स्थित पार्क भिलेज होटलमा चोरी भएको छ ।

उक्त होटलबाट करिब ३ सय ३५ तोला बराबरको चाँदीका विभिन्न भाँडावर्तन र एक थान ल्यापटप चोरीको भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यी सामानहरू सोमबार चोरी भएको प्रहरीले जनाएको छ । सामान कसले चोरी गरेको हो भन्ने अहिलेसम्म खुलिसकेको छैन । चोरीमा संलग्नहरूको पहिचान गरी खोज्ने काम भइरहेको प्रहरीले बताएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours