जेठ महिना श्रवणको महत्व!

३१ बैशाख, काठमाडाैँ । मिति २०८२ साल जेठ १ गते विहिवार विष्णुपदी नाम गरेको वृषसंक्रान्ति, सिद्धार्थि नाम संवत्सर, श्रीसूर्यनारायण उत्तराण ,वसन्तऋतु समापन भएर ग्रीष्मऋतु आरम्भ ,ज्येष्ठकृष्णपक्ष द्वितीया तिथी राती १ /०१ बजेसम्म त्यस उप्रान्त तृतीया तिथी आरम्भ , अनुराधा नक्षत्र बिहान १० / ५६ बजेसम्म त्यस उप्रान्त ज्येष्ठा नक्षत्र आरम्भ ,शिव योग,वणिक् करण , यो दिन व्रह्ममुहुर्त ४ / १७ बजे पछि श्रीसूर्य : मेष राशीबाट वृष राशीमा प्रवेश गर्नुहुनेछ।यो महिनाको देवताको नाम त्रिविक्रम : ,देवीको नाम पद्माक्षि ,सूर्यको नाम इन्द्र हो।यो महिनामा वृष राशिमा सूर्य: ,वृश्चिक राशिमा चन्द्र: र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुने गर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

यो महिनाको मासफल यस्तो रहेको छ।
विहिवार संक्रान्ति परेको हुनाले घ्यु,तेल खाद्दान्न धेरै महॅंगो हुने,वर्षा कम हुने,गर्मि बढ्ने छ।नेताहरूमा झगडा बढ्ने छ ।आगोको डरले दुर्घटना हुने देखिन्छ।कतै माहामारी रोगहरू बढेर जनधनको क्षति हुने छ।महिनाको अन्त्यमा वर्षा हुने छ।
पं-बालमुकुन्द देबककोटा
सदस्य,सनातन विद्वत्
परिषद् नेपाल।

You May Also Like

More From Author

+ There are no comments

Add yours