Advertisement

काठमाडौंमा टिपरले मोटरसाइकललाई ठक्कर दिदाँ दुईजनाको मृत्यु, एक गम्भीर घाइते

0 824

Advertisement

२० असार, काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–९, दीपज्योतिमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते छन् ।

मोटरसाइकल चालक नुवाकोटको बेलकोट नगरपालिका–६ का २६ वर्षीय सन्तोष अधिकारी र पछाडि सवार २२ वर्षीय दिपेश थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा सवार ३० वर्षीय सागर खतिवडालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

बा२क ३४६६ नम्बरको टिपरले गए राति करिब पौने ११ बजे तीनजना सवार रहेको प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरसहित चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.