बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ (तस्वीरहरू)

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने सभाका लागि बल्खु क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको छ ।

बिहान १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।

तस्वीरहरू :

You May Also Like

More From Author

+ There are no comments

Add yours