तास खेलिरहेको अवस्थामा पक्राउ
०९ जेठ, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बैंक चोक डेरा गरी बस्ने रेवत विश्वकर्माको कोठामा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २८ वर्षीय गणेश बहादुर शंकर लगायत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ८ सय ८० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस्: