निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका, आवेदन दिनको लागि फागुन ५ सम्म समय

२८ माघ, काठमाडाैँ। काठमाडौँ महानगरपालिका सामाजिक विकास विभागले आ.व. २०८१/८२ को ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत निःशुल्क व्यावसायिक र सीपमूलक तालिम सञ्चालन गर्ने घोषणा गरेको छ।

यस योजनामा काष्ठकला, मूर्तिकला र हस्तकला (सेरामिक्स) जस्ता विविध विषयमा तालिम दिइनेछ। इच्छुक नेपाली नागरिकहरूले आगामी फागुन ५ गतेभित्र आवेदन दिन सक्नेछन्।

यो तालिम ३ महिना अवधिको हुनेछ, र प्रत्येक विषयमा २० जना गरी जम्मा ६० जनालाई चयन गरिनेछ। आवेदनका लागि न्यूनतम ८ कक्षा उत्तीर्ण र १८ देखि ४५ वर्ष उमेर सीमा रहेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन फाराम नगर कार्यपालिकाको कार्यालय, कमलादी स्थित एकल सेवा केन्द्रबाट प्राप्त गर्न सकिन्छ र अनलाइन आवेदनको लागि लिंक पनि उपलब्ध गराइएको छ।

चयन प्रक्रिया काठमाडौँ महानगरपालिकाको प्राथमिकता श्रेणी अनुसार हुनेछ। यस सम्बन्धी थप जानकारीको लागि विभिन्न सम्पर्क विवरण पनि उपलब्ध गराइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours