Advertisement

लेस्टरलाई एफए कप उपाधि

0 1,016

Advertisement

०२ जेठ, एजेन्सी । लन्डन क्लब चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । पाँचौ पटक फाइनल खेलिरहेको लेस्टरले पहिलो पटक उपाधि जित्ने क्रममा वेम्बलीमा १-० को जित हासिल गरेको हो ।

खेलको ६३ औं मिनेटमा युरीटिलेमान्सले गरेको गोल नै खेलमा निर्णायक सावित भयो । युरीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत हुँदा लेस्टरले खेलमा अग्रता लिएको थियो । खेलको अन्त्यतिर चेल्सीले बराबरी गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन ।

झन्डै २० हजार दर्शक उपस्थित रहेको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । चेल्सीले आफ्नो पहिलो रोजाइको टोली उतारेपनि लेस्टरलाई पराजित गर्न भने सकेन । अब चेल्सीले च्याम्पियन्स लिग फाइनलमा दुई सातापछि म्यानचेस्टर सिटीको सामना गर्नेछ ।

लेस्टरले क्लब इतिहासमा नै पहिलो पटक एफए कप उपाधि जितेको हो । यसअघि टोली चार पटक फाइनलमा पराजित भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.