बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब लिटरको कति पर्छ ?

१७ पौष, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाएको जानकारी दिएको छ ।

इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours