Advertisement

कोरोना अपडेट: आज थपिए कोरोनाका ४५२४ नयाँ संक्रमित, १८ जनाको मृत्यु

0 434

Advertisement

१४ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३६४ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो चौबीस घण्टामा एक हजार नौ जनाको एन्टीजेन परीक्षण गरिएकोमा १६० मा पोजिटिभ पाइएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोभिड १९का पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमणसँगै नेपालमा कोरोनाका कुल संक्रमीतको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।

हाल २६ हजार २२५ जनामा भाइरसको संक्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।


मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित निको भएका छन् ।

हालसम्म नेपालमा दुई लाख ७८ हजार ५०६ जना संक्रमीत कोरोनामुक्त भएका छन् ।


मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १८ जना संक्रमीतको मृत्यु भएको उल्लेख गरेको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म तीन हजार १९४ जनाको मृत्यु भएको हो ।

काठमाडौँ उपत्यकामा करिब दुई हजार कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा आज १९६६ र कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‍पछिल्लो २४ घण्टामा ४५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.