लाजियोको उत्कृष्ट सुरुआत कायम

२६ असाेज, काठमाडाैँ । लाजियोले आफ्नो उत्कृष्ट सुरुआत कायम राख्दै इटालीको सिरी ए मा आइतबार मोन्जालाई ३–१ ले हराएको छ र शीर्ष स्थानमा इन्टर मिलानसँग अंकको बराबरी गरेको छ ।

दुवै टिम अपराजित छन् र पाँच खेलबाट समान १६ अंकमा छन् । अन्य खेलमा भने एएस रोमा, युभेन्ट्स र एसी मिलान सबै बराबरीमा रोकिए ।

दस खेलाडीमा सीमित रोमाले कोमासँग गोललरहित बराबरी खेल्यो भने मिलान ससुलोको हातबाट १–१ को बराबरीमा रोकियो । यस्तै युभेन्ट्सले यो सिजनको आश्चर्यजक टिम कागलिरीसँग १–१ को बराबरी खेल्यो ।

लाजियोको जितमा भने नुनो टाभारेस, गुस्टाभो इसाकसेन र आन्द्रे पिनामोन्टीले एक एक गोल गरे । रोमा १६ अंकमा तेस्रो र कागलिरी १४ अंकमा चौथो स्थानमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours