दुप्चेश्वर महादेव मन्दिरमा श्रद्धालुको भीड

०६ भाद्र, नुवाकोट । नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा शनिबार श्रद्धालुहरूको भीड लागेको छ।

शनिबारका दिन विशेष पूजा, आराधना तथा दर्शनका लागि नुवाकोटसहित विभिन्न स्थानबाट भक्तजनहरू दुप्चेश्वर महादेव मन्दिर पुगेका हुन्।

मन्दिर परिसरमा बिहानैदेखि श्रद्धालुको चहलपहल बढेको थियो। भक्तजनहरूले भगवान् शिवको पूजा–आराधना तथा दर्शन गरी धार्मिक आस्था प्रकट गरेका थिए।

दुप्चेश्वर मन्दिरमा विशेषगरी शनिबार तथा धार्मिक पर्वका अवसरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। स्थानीयवासीका अनुसार मन्दिरमा दर्शन तथा पूजाका लागि नुवाकोटसँगै आसपासका जिल्लाबाट समेत श्रद्धालु आउने गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours