०६ भाद्र, काठमाडौँ । एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीको विशेष प्रारम्भिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुने र त्यसपछि नियमित मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ ।
ग्राहकले थप आठ लाख रुपैयाँमा भिगो ई२ प्लस खरिद गर्न सक्नेछन् । ई२ प्लसमा मुनरुफ र आर१८ टायरलगायत थप प्रिमियम फिचर उपलब्ध छन् ।
एमएडब्लू वृद्धि ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ मूल्यले बजेटको सकारात्मक प्रभावलाई प्रतिबिम्बित गरेको बताउनुभयो । उहाँका अनुसार आवश्यक फिचर समायोजन गर्दै भिगोको स्पेस, क्षमता र फुल एसयूभी अनुभवलाई थप ग्राहकको पहुँचमा पुर्याउने प्रयास गरिएको छ ।


+ There are no comments
Add yours