प्रेमिल कथा ‘माया भनेकै यस्तो होला’

३० साउन, काठमाडौँ । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’ टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरमा मर्मस्पर्शी र प्रेमिल कथा प्रस्तुत गरिएको छ ।

प्रेम, विवाह, सम्बन्धको जटिलता र द्वन्द्वको कथालाई टिजरमा देखाइएको छ । तिजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रमा नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, दिल श्रेष्ठ शीर्ष, मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडीलगायतको अभिनय रहेको छ ।

पत्रकार धु्रव लम्सालको लेखन रहेको चलचित्रमा हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताका रूपमा हुनुहुन्छ । फिल्ममा सुदीप बरालको छायाङ्कन, बनिष शाहको सम्पादन, प्रशान्त शिवाकोटीको सङ्गीत तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours