२६ असार, काठमाडौँ। नेपालमा एमजी ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक जी.ओ अटोमोबाइल्स प्रा.लि.ले एमजी कमेट ईभी खरिदलाई सहज बनाउन नयाँ दैनिक किस्ता योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार अब ग्राहकहरूले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा एमजी कमेट ईभी खरिद गर्न सक्नेछन् ।
कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार विद्युतीय सवारीसाधन खरिदलाई सहज बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको हो । नयाँ किस्ता योजनाले विद्युतीय सवारीसाधन खरिदलाई ठुलो आर्थिक बोझको रूपमा महसुस हुन नदिने गोल्छाको विश्वास छ ।
एमजी कमेट ईभी विशेषगरी साँघुरा सडक, शहरी जीवनशैली र इन्धन खर्च बचत गर्न चाहने ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्प्याक्ट विद्युतीय ह्याचब्याक हो । चार जनासम्म यात्रा गर्न मिल्ने यो गाडी दैनिक आवतजावत तथा नियमित शहरी यात्राका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
एमजी कमेटको सुरुवाती मूल्य १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । यसमा १७.३ किलोवाट आवर क्षमताको ब्याट्री र पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्ज गर्दा एआरएआई प्रमाणित २३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ ।


+ There are no comments
Add yours