मेक्सिको सन् १९८६ यता पहिलो पटक विश्वकपको क्वाटरफाइनल प्रवेशको प्रयासमा रहेको छ ।
२२ असार, काठमाडौँ । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको विश्वकप २०२६ को अन्तिम १६ चरणको खेल निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु हुने भएको छ । मेक्सिको सिटी स्टेडियममा सोमबार बिहान पौने ६ बजे सुरु हुने भनिएको खेल सम्भावित आँधीका कारण पछाडि सारिएको हो ।
यो खेल यस विश्वकपमै बहुप्रतीक्षित खेल रहेको छ । इंग्ल्यान्डले ६० वर्षपछि पहिलो ठूलो उपाधि जित्ने हो भने यो खेलमा आफू अनुकूल नतिजा निकाल्नु पर्ने हुन्छ । सहआयोजक रहेको मेक्सिको आफैं भने उत्कृष्ट लयमा रहेको छ ।
मेक्सिको सन् १९८६ यता पहिलो पटक विश्वकपको क्वाटरफाइनल प्रवेशको प्रयासमा रहेको छ । त्यतिबेला पनि मेक्सिकोले विश्वकपको आयोजना गरेको थियो । त्यही बेला इंग्ल्यान्ड एज्टेका स्टेडियमा अर्जेन्टिनासँग पराजित रहेको थियो ।
त्यस खेलमा म्याराडोनाले इंग्ल्यान्डविरुद्ध दुई गोल गरेका थिए । त्यसमध्ये पहिलो गोल हातले गरेका थिए भने म्याराडोनाको दोस्रो गोललाई विश्वकप इतिहासकै अहिलेसम्मको सबैभन्दा उत्कृष्ट मानिन्छ ।


+ There are no comments
Add yours