असार १५ मा दही,चिउरा खानुको महत्व!

१४ असार, काठमाडौँ। मिति २०८३ साल आषाढ १५ गते सोमबार ज्येष्ठशुक्ल पूर्णिमा तिथी भोलिपल्ट प्रात: ४ / ४७ बजेसम्म त्यस उप्रान्त आषाढकृष्ण प्रतिपदा तिथी आरम्भ भएको हुनाले यो दिन दही ,चिउरा खानेदिन र धान दिवस भएकोले यसको महत्व के छ ?

दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । भनाई नै छ असार १५ मा दही,चिउरा ,साउन १५ मा खिर. जनैपूर्णिमामा क्वाँटी,माघमा तरुल, घ्यु , चाकु आदी खाइने परम्परा छ । यि सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो।यि सबै विषेश अवसरको आफ्नै महत्वको रहेको छ ।अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा भगवानलाई तुलसी राखेर अर्पण गरी खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यकालागि शरीर फूर्तिलोहुने जनविश्वास रहेको छ ।यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउराखाँदा शीतलता भने पक्कै प्रदान गर्छ नै ।

दहिमा कार्बोहाइड्रेट , चिनी र बोसो न्यून हुने हुनाले यसले धेरै आलस्य गराँउदैन ।दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ।जसले शरीरलाई चिसो राख्न मद्दत गर्छ ।असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राख्ने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले कामगर्न शक्ति र जोश पनि प्रदान गर्छ ।उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वास अनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईंगरी रमाउने चलन छ।

रोपाईं कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ।रोपाईंको पहिलो दिन देवतालाई बीउ चढाई परिपूर्ण, भरिपूर्णकालागि अन्नपूर्णको माता लक्ष्मीको आराधना गरी रोपाईंको श्रीगणेश गरिन्छ। रोपाईंमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाईं गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्‍याउँदै आएको छ।कतैकतै ठूला खेती भएकाले रोपाईंगर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजा बजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ।यो परम्परालाई जोगाइराख्नु हजुरहरु हाम्रो सवैको दायित्व हो।

पं- बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours