फेवाताल किनारको मापदण्ड विपरीत निर्मित ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर

२१ चैत, पोखरा । फेवातालको मापदण्ड मिचेर निर्माण गरिएका अवैध संरचना हटाउने क्रममा पोखराको ‘वाटर फ्रन्ट रिसोर्ट’मा डोजर चलाइएको छ।

पर्यटन व्यवसायी कर्ण शाक्यको स्वामित्वमा रहेको यो रिसोर्टले तालको किनारा क्षेत्र मिचेर संरचना बनाएको भन्दै लामो समयदेखि विवाद उत्पन्न हुँदै आएको थियो।

सर्वोच्च अदालतले फेवातालको संरक्षणका लागि किनारबाट ६५ मिटर क्षेत्रभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाउने ऐतिहासिक फैसला गरेको थियो।

सोही फैसलाको जगमा अदालतले वाटर फ्रन्ट रिसोर्ट लगायत मापदण्ड विपरीतका सबै होटल तथा रिसोर्टहरू भत्काउन सरकारका नाममा आदेश जारी गरेको थियो। वर्षौंदेखि कार्यान्वयनमा ढिलाइ भइरहेको यो आदेशलाई पोखरा महानगरपालिकाले अन्ततः एक्सनमा उतारेको हो।

यस कार्यलाई गति दिन पछिल्लो समय राजनीतिक र प्रशासनिक दबाब पनि बढेको देखिएको छ। केही दिन अघि मात्र प्रधानमन्त्री बालेन्द्र शाहले पोखराका मेयरलाई फोन गरी तालको अतिक्रमण हटाउने कार्यको प्रगतिबारे चासो राखेका थिए।

फेवाताललाई पूर्ववत् अवस्थामा फर्काउने र सरकारी मापदण्ड कडाइका साथ लागू गर्ने अभियान अन्तर्गत यो कदम चालिएको स्थानीय प्रशासनले जनाएको छ।

@digitalkhabar.com

फेवा ताल किनाराका अनधिकृत संरचना हटाइदै, स्विमिङ पुल लगायतमा चल्यो डोजर : व्यवसायी आक्रोशित 💥✨ #pokhara #fewalake #digitalkhabar #nagarpalika #doger

♬ original sound – 🅳🅸🅶🅸🆃🅰🅻 🅺🅷🅰🅱🅰🆁

You May Also Like

More From Author

+ There are no comments

Add yours