२५ फागुन, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
आज (सोमबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई जानकारी दिएको छ।
हिजो (आइतबार) उक्त समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७.० डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे पनि यही कायम भएको थियो।
आजको पनि आधिकारिक मापन सोही समय गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातमा देखिएभन्दा थोरै घट्ने सम्भावना हुन्छ। कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
मौसमविद्का अनुसार मौसम बदली भई राति आकाशमा बादल लागेका बेला बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश सफा रहँदा घट्छ।
फेरि अधिकतम तापक्रमचाहिँ यसको ठिक उल्टो दिउँसो दिनभर बादल लाग्यो भने घट्छ, आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
यद्यपि हिउँद याम सकिन लागेकाले समग्रमा तापक्रम बढ्दो क्रममै रहेको मौसमविद् बताउँछन्।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।


+ There are no comments
Add yours