इजरायली सेनाले तेहरान र बेरूतका सैन्य अखडाहरूमा एकैसाथ आक्रमणहरु भइरहेको जनाएको छ ।
१९ फागुन, काठमाडाैँ । इरानको राजधानी तेहरानमा मंगलबार बिहान फेरि ठूलो बम विस्फोट भएको छ । स्थानीय मिडियाका अनुसार पारडिसको उपनगरमा बिहान लगभग १२ वटा क्षेप्यास्त्र प्रहार भएको भयो ।
राजधानीबाहिर अल्बोर्ज पर्वत शृङ्खलामाथि धुवाँको मुस्लो उठिरहेको तस्बिरहरू सामाजिक सञ्जालमा देखिएका छन् ।
इजरायली सेनाले तेहरान र बेरूतका सैन्य अखडाहरूमा एकैसाथ आक्रमणहरु भइरहेको जनाएको छ । राजधानी बाहिर कारज शहर र देशको केन्द्रमा रहेको इस्फहानमा पनि विस्फोटको आवाज सुनिएको छ ।इरानले पनि मध्यपूर्वका विभिन्न देशमा आक्रमण गरेको छ ।
अमेरिकाको विदेश विभागले आपतकालीन अवस्थाबाहेक अन्य सबै नागरिकहरूलाई जोर्डन, बहराइन, इराक, कतार र कुवेत छाड्ने निर्देशन दिएको छ । सीएनएनसँग डोनाल्ड ट्रम्पले भनेका छन्,’यो युद्धको ठूलो आश्चर्य इरानले मध्यपूर्व क्षेत्रका अरब देशमाथि गरेको आक्रमण हो ।’
उनले इरानमा अझै ठूलो आक्रमणको लहर आउनै बाँकी रहेको धम्की दिएका छन् । इरानको जलसेना र मिसाइल क्षमतालाई ध्वस्त गर्ने, उनको आणविक कार्यक्रमलाई अन्त्य गर्ने तथा मध्यपूर्वमा सैन्य समुहहरूलाई उसले गर्ने सहयोग बन्द गर्ने लक्ष्य यस युद्धको रहेको उनले दाबी गरे ।


+ There are no comments
Add yours