आज भारत र पाकिस्तान भिड्दै

पहिलो खेल नेपाल र वेस्ट इन्डिजबीच रहेको छ । समूह सी को यो खेल वानखेडे स्टेडियमा हुनेछ ।

०३ फागुन, मुम्बई । ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा आइतबार तीन खेल हुनेछन् । त्यसमा पहिलो खेल नेपाल र वेस्ट इन्डिजबीच रहेको छ । समूह सी को यो खेल वानखेडे स्टेडियमा हुनेछ । यो समूहमा वेस्ट इन्डिज दुई खेलबाट चार अंकसहित शीर्षमा छ ।

नेपाल भने अहिलेसम्म दुवै खेलमा पराजित रहेको छ र शून्य अंकमा रहेको छ । त्यसपछि दिनको दोस्रो खेल चेन्नाइमा हुनेछ र समूह ए को प्रतिस्पर्धामा नामिबिया र अमेरिका भिड्ने छन् ।

दिनको अन्तिम खेल भने भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित प्रतिस्पर्धा रहेको छ । समूह ए कै यो खेल पाकिस्तानको बहिस्कार गर्ने निर्णयपछि विवादमा परेको थियो । तर अन्तर्राष्ट्रिय काउन्सिलले पाकिस्तानी क्रिकेट बोर्डसँग छलफल गरेपछि यो खेल तय भएको थियो ।

यो खेल कोलम्बोमा हुनेछ । यो समूहमा भारत र पाकिस्तान दुवैले आफ्ना सुरुआती दुई खेल जितेर समान चार चार अंकमा शीर्षमा रहेका छन् । अमेरिकाको दुई अंक छ भने नामिबिया शून्य अंकमा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours