२९ माघ, काठमाडाैँ । मर्सिडीज–एएमजी विद्युतीय सवारी साधन र एसयूभीहरूको लागि प्रतिबद्ध भएको रिपोर्ट गरिएको छ।
एसयूभीहरूले अटोमेकरको विश्वव्यापी बिक्री मात्राको आधा भन्दा बढी हिस्सा ओगटेको तथ्यलाई विचार गर्दा यो कुनै आश्चर्यको कुरा नभएको टेलीग्राफले रिपोर्ट गरेको छ।
एएमजी प्रशंसकहरूका लागि अब यहाँ राम्रो खबर बाहिरिएको छ र अटोमेकरले विद्युतीय एसयूभीलाई ठूलो शक्तिको आवश्यकता पर्दछ भन्ने कुरा बुझेको उल्लेख गरिएको छ।
आगामी एएमजी ईभी एसयूभीले फोर–डिजिट रेञ्ज (चार–अंकको दायरा) मा शक्ति प्रदान गर्नुपर्ने अनुमान गरिएको छ।
मर्सिडीज–एएमजी पहिले नै आफ्नै विद्युतीय एसयूभी परीक्षण गरिरहेको देखा परेको छ।
यो आगामी मोडेलले एएमजी–पुस्ताको हाई पर्फर्मेन्स–इलेक्ट्रिक भेहिकल (उच्च–प्रदर्शन विद्युतीय सवारी साधन) हरूको लागि विशेष रूपमा डिजाइन गरिएको एएमजी डट ईए प्लेटफर्म प्रयोग गर्नेछ।
एएमजीको आगामी एसयूभीहरूमा मर्सिडीजले जीटी एक्सएक्स अवधारणामा प्रस्तुत गरेको जस्तै संरचना हुने अफवाह पनि रहेको छ।
उक्त अवधारणामा तीन–मोटर कन्फिगरेसन, डाइरेक्ट (प्रत्यक्ष) कूलिङको साथ सिलिन्ड्रिकल ब्याट्री सेलहरू र द्रुत चार्जिङको लागि ८००–भोल्ट आर्किटेक्चर समावेश रहेको छ।
साथै जीटी एक्सएक्स अवधारणाले १,३४० हर्सपावर उत्पादन गर्दछ।


+ There are no comments
Add yours