ट्रम्पको बढ्दो अस्थिरताले चिन्तामा सारा विश्व

२७ माघ, वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल राजनीतिक स्थिरता होइन, बढ्दो अस्थिरताको पर्याय बन्दै गएको छ । इतिहासमै सबैभन्दा अप्रत्याशित र आवेगमा रहने राष्ट्रपतिका रूपमा चिनिएका ट्रम्प अहिले व्यक्तिगत सनक, आक्रोश र अहंकारबाट चलिरहेको देखिन्छन् । उनको यो रवैयाले अमेरिकाभित्र मात्र होइन, सम्पूर्ण विश्व व्यवस्थालाई नै चिन्तामा धकेलिरहेको छ ।

दोस्रो कार्यकालको सुरुवाती केही महिनामा ट्रम्प अपेक्षाकृत अनुशासित देखिएका थिए । उनले पूर्वनिर्धारित कार्यकारी आदेशहरूमार्फत वासिङ्टनको शक्ति संरचना, संघीय निकाय र अमेरिकी विदेश नीतिलाई पुनःपरिभाषित गर्ने प्रयास गरे । अमेरिकी सहयोग नियोग यूएसएडको कोष कटौती, संघीय कर्मचारीको संख्यामा ठूलो कटौती, र आईभी लिग विश्वविद्यालयको पाठ्यक्रममाथिको हस्तक्षेपजस्ता कदम विवादास्पद भए पनि ती कुनै न कुनै वैचारिक ‘प्लेबुक’बाट निर्देशित देखिन्थे ।

तर अहिले ट्रम्पमा त्यो अनुशासन हराएको छ । ट्रम्प अझ बढी आवेगपूर्ण, अझ बढी उग्र, र अझ बढी व्यक्तिगत प्रतिशोधमा केन्द्रित हुँदै गएको विश्लेषकहरूको निष्कर्ष छ । वासिङ्टनमा उनी चर्को र असहिष्णु देखिइरहेका छन् । फ्लोरिडास्थित आफ्नै निवास मार–ए–लागोमा तुलनात्मक रूपमा शान्त देखिन्छन् । यो द्वैध चरित्रले अमेरिकी शासन प्रणालीलाई अस्थिर बनाइरहेको छ ।

गत साता ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च ट्रुथ सोसलमा आफ्नो खाताबाट एउटा कार्टुन भिडिओ रिपोस्ट गरे । यसमा पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेललाई बाँदरको रूपमा चित्रित गरिएको थियो । यो दृश्य आधुनिक अमेरिकी इतिहासमा ह्वाइट हाउससँग जोडिएको सबैभन्दा नस्लवादी सन्देश मानियो । सार्वजनिक आक्रोशपछि उक्त पोस्ट हटाइयो । तर ट्रम्पले माफी माग्न ठाडै अस्वीकार गरे ।

रिपब्लिकन पार्टीकै एकमात्र अश्वेत सिनेटर टिम स्कटलगायत धेरै नेताहरूले उक्त पोस्टको निन्दा गरे । अन्ततः व्हाइट हाउसले एक कर्मचारीलाई दोष थोपरेर यो मामिलालाई सामसुम पार्ने प्रयास गर्‍यो, तर ट्रम्पको मौनता र अहंकारले उनको राजनीतिक छवि थप बिगार्‍यो । डेमोक्रेटिक पार्टीको तर्फबाट तल्लो सदनका अल्पसंख्यक नेता हकीम जेफ्रिजले यसलाई घिनलाग्दो भन्दै ट्रम्पलाई सार्वजनिक रूपमा माफी माग्न चुनौती दिएका छन् । तर ट्रम्पले आफूले केही गलत नगरेको अडान दोहोर्‍याए । उनको यस रवैयाले उनी आफूलाई आलोचनाबाट अछुतो महसुस गर्छन् भन्ने सन्देश दिएको छ ।

चुनावमाथि आक्रमण र लोकतन्त्रको जोखिम

ट्रम्पले अझै पनि २०२० को चुनावमा धाँधली भएको निराधार दाबी छोडेका छैनन् । उनले आफ्नी शीर्ष गुप्तचर अधिकारी तुलसी ग्याबर्डलाई जर्जिया पठाएर कथित

‘धाँधली’का प्रमाण खोज्न लगाएका छन् । यद्यपि अहिलेसम्म धाँधलीको कुनै विश्वसनीय प्रमाण भेटिएको छैन । यति मात्र होइन, उनले आउँदो मध्यावधि चुनावअघि मतदान प्रणालीलाई संघीय नियन्त्रणमा लैजाने संकेत दिएका छन्, जसलाई धेरैले लोकतन्त्रविरोधी कदम ठानेका छन् । आलोचकहरूका अनुसार यो शक्ति केन्द्रीकरणको खतरनाक अभ्यास हो ।

आप्रवासनविरुद्ध कठोर कारबाही

ट्रम्प आफ्नो नाम र छविप्रति अस्वाभाविक रूपमा मोहग्रस्त देखिन्छन् । गत साता उनले वासिङ्टनको डलेस अन्तर्राष्ट्रिय विमानस्थल र न्युयोर्कको पेन स्टेशन आफ्नो नाममा पुनःनामकरण गर्न चाहेको खबर बाहिरियो । यही क्रममा उनले सुपरबोलको हाफ–टाइम शोमा पुएर्टो रिकन गायक ब्याड बन्नीको प्रस्तुति ‘अमेरिकाको महानतामाथि अपमान’ भएको भन्दै आलोचना गरे । उनले युवा पुस्ताका लागि त्यो नाच ‘घिनलाग्दो’ भने ।

ट्रम्पको कडा आप्रवासन नीतिले नयाँ विवाद जन्माएको छ । मिनेसोटामा संघीय एजेन्टहरूले दुई अमेरिकी नागरिकलाई गोली हानेपछि सार्वजनिक आक्रोश बढेको छ । त्यसपछि ट्रम्पले अचानक नरम दृष्टिकोण अपनाउने घोषणा गरे । तर विश्लेषकहरूका अनुसार यो मानवीय संवेदनशीलता होइन, खराब जनमत व्यवस्थापन हो । पहिले उनले नै कानुन प्रवर्तनलाई अत्यधिक सैन्य शैली अपनाउन दबाब दिएका थिए । अहिले भने राजनीतिक क्षति देखेपछि भाषण बदलिरहेका छन् ।

यसैबिच प्रशासनले मिनेसोटाबाट ७०० आईसीई एजेन्ट फिर्ता बोलाएको छ । ट्रम्पले यसलाई ‘हामीले त्यहाँ राम्रो काम गर्‍यौँ’ भन्दै आफूलाई सफल देखाउन खोजेका छन् । तर आलोचकहरूले यसलाई असफल नीतिको ढाकछोप भनिरहेका छन् ।

ट्रम्प आफ्नो नाम र छविप्रति अस्वाभाविक रूपमा मोहग्रस्त देखिन्छन् । गत साता उनले वासिङ्टनको डलेस अन्तर्राष्ट्रिय विमानस्थल र न्युयोर्कको पेन स्टेशन आफ्नो नाममा पुनःनामकरण गर्न चाहेको खबर बाहिरियो । यही क्रममा उनले सुपरबोलको हाफ–टाइम शोमा पुएर्टो रिकन गायक ब्याड बन्नीको प्रस्तुति ‘अमेरिकाको महानतामाथि अपमान’ भएको भन्दै आलोचना गरे । उनले युवा पुस्ताका लागि त्यो नाच ‘घिनलाग्दो’ भने । उनको यस अभिव्यक्तिमा सांस्कृतिक असहिष्णुता झल्किन्छ । अमेरिकी ओलम्पिक स्कियर हन्टर हेसले राष्ट्रिय झन्डा लगाउँदैमा सबै सरकारी नीतिको प्रतिनिधित्व नगर्ने बताएपछि ट्रम्पले उनलाई टोलीबाट हटाइनुपर्ने भन्दै सार्वजनिक रूपमा आक्रमण गरे ।

अर्थतन्त्रः तथ्य र प्रचारबिचको खाल्डो

ट्रम्पले एनबीसीसँगको सुपरबोल अन्तर्वार्तामा आफूले महँगी घटाएको दाबी गरेका छन् । तर वास्तविकता फरक छ । अमेरिकी सेयर बजार उकालो लागे पनि आम नागरिकको जीवनस्तरमा खास सुधार देखिएको छैन । प्रमुख अमेरिकी सेयर परिसूचक डाउ जोन्स सूचकांक ५० हजारमाथि पुगेको भए पनि मजदुर वर्ग र मध्यम वर्गले राहत महसुस गरेका छैनन् । सीएनएनको सर्वेक्षणअनुसार केवल ३६ प्रतिशत अमेरिकीले ट्रम्पको प्राथमिकता सही भएको मान्छन् । यो उनको कार्यकालकै अहिलेसम्मकै न्यून समर्थन दर हो । दोस्रो कार्यकालको सुरुवातमा उनको समर्थन दर ४५ प्रतिशत थियो ।

ग्रीनल्यान्ड विवादः शक्ति प्रदर्शन

प्रशासनका केही नीतिहरूमा योजना र केही स्तरसम्म ठोस कार्यान्वयन पनि देखिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्ने गरी भएको छापा यसैको एउटा उदाहरण हो । तर ट्रम्पको पहिलो कार्यकालमा कोभिड–१९ महामारीका बेला देखिएको अराजकता र अप्रत्याशित शैली अहिले फेरि तीव्र हुँदै गएको छ ।

ट्रम्पको असीमित शक्ति प्रयोग गर्ने चाहना र अमेरिकी संविधान तथा राजनीतिक प्रणालीले लगाउने सीमाबिचको यो तानातान अहिलेको मध्यावधि चुनावी वर्षको राजनीति परिभाषित गर्दैछ । देशभरका मतदाताले ट्रम्पलाई नियन्त्रणमा राख्न चाहन्छन् कि उनलाई अझ बढी स्वतन्त्रता दिन्छन् भन्ने कुरा आउँदो चुनावले देखाउनेछ । उनले मतदाताको लोकतान्त्रिक फैसला स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि हेर्न बाँकी छ ।

यस वर्ष दोहोरिरहेको एउटा ढाँचा के छ भने जब जब ट्रम्पले कुनै उग्र टिप्पणी वा आरोप लगाउँछन्, तब उनको प्रशासनका अधिकारीहरू हतारहतार त्यसलाई जायज ठहर्‍याउन र कार्यान्वयन गर्न दौडेर आउँछन् । जनवरीमा ट्रम्पले डेनमार्कलाई ग्रीनल्यान्ड हस्तान्तरण गर्न दबाब दिँदा नाटो लगभग संकटमा पुगेको घटना यसको उदाहरण हो । यही शैली उनका निरन्तर बदलिरहने ट्यारिफ नीतिमा पनि देखिन्छ ।

तर ग्रीनल्यान्ड प्रकरणले ट्रम्प पनि कहिलेकाहीँ अन्तर्राष्ट्रिय र घरेलु यथार्थसँग ठोक्किन्छन् भनेर पनि देखाएको छ । युरोपेली प्रतिरोध र रिपब्लिकनहरूको आक्रोश सामना गरेर डाभोसबाट फर्किएपछि ट्रम्प आफ्नो अडानबाट पछि हटे । कहिलेकाहीँ उनको कमजोर राजनीतिक हैसियतले पनि उनलाई निर्णय पुनर्विचार गर्न बाध्य बनाएको छ । रिपब्लिकनहरूको विरोधपछि उनले ट्रुथ सोसलबाट नस्लवादी भिडियो हटाउनु परेको थियो ।

ट्रम्पको असीमित शक्ति प्रयोग गर्ने चाहना र अमेरिकी संविधान तथा राजनीतिक प्रणालीले लगाउने सीमाबिचको यो तानातान अहिलेको मध्यावधि चुनावी वर्षको राजनीति परिभाषित गर्दैछ । देशभरका मतदाताले ट्रम्पलाई नियन्त्रणमा राख्न चाहन्छन् कि उनलाई अझ बढी स्वतन्त्रता दिन्छन् भन्ने कुरा आउँदो चुनावले देखाउनेछ । उनले मतदाताको लोकतान्त्रिक फैसला स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरा पनि हेर्न बाँकी छ ।

जनवरीमा ट्रम्पले डेनमार्कसँग ग्रीनल्यान्ड हस्तान्तरण गर्न माग गर्दै नाटोभित्र तनाव सिर्जना गरे । युरोपेली देशहरू र आफ्नै रिपब्लिकन सांसदहरूको कडा विरोधपछि उनी पछि हट्न बाध्य भए । यस घटनाले ट्रम्पले आवेगमा निर्णय गर्छन्, तर राजनीतिक र कूटनीतिक यथार्थले कहिलेकाहीँ उनलाई रोकिन बाध्य पार्छ भनेर देखाएको छ ।

अमेरिकी लोकतन्त्रको परीक्षा

ट्रम्पको दोस्रो कार्यकाल नीतिभन्दा व्यक्तित्वले चलिरहेको छ । उनका निर्णयहरू रणनीतिकभन्दा प्रतिक्रियात्मक देखिन्छन् । कहिले नस्लवादी पोस्ट, कहिले लोकतन्त्रविरोधी बयान, कहिले सांस्कृतिक आक्रमण, यी सबैले अमेरिकालाई ध्रुवीकृत त गरिरहेको छ नै विश्वलाई पनि अस्थिर बनाइरहेको छ ।

आगामी दिनमा गृह सुरक्षा मन्त्रालयको बजेट विवादले अमेरिकी सरकार नै बन्द हुने जोखिम छ । डेमोक्रेटहरू आईसीईमाथि कडा नियन्त्रण चाहन्छन् भने रिपब्लिकनहरू ट्रम्पलाई साथ दिइरहेका छन् । कांग्रेसले ट्रम्पलाई नियन्त्रण गर्न सक्छ कि सक्दैन भन्ने कुरा यो संघर्षले देखाइरहेको छ । मध्यावधि चुनावमा मतदाताले उनलाई ‘खुला छुट’ दिन्छन् कि सीमित गर्छन्, यो नै अमेरिकी लोकतन्त्रको वास्तविक परीक्षा हुनेछ ।

ट्रम्पको दोस्रो कार्यकाल नीतिभन्दा व्यक्तित्वले चलिरहेको छ । उनका निर्णयहरू रणनीतिकभन्दा प्रतिक्रियात्मक देखिन्छन् । कहिले नस्लवादी पोस्ट, कहिले लोकतन्त्रविरोधी बयान, कहिले सांस्कृतिक आक्रमण, यी सबैले अमेरिकालाई ध्रुवीकृत त गरिरहेको छ नै विश्वलाई पनि अस्थिर बनाइरहेको छ ।

प्रश्न एउटै छः अमेरिका ट्रम्पलाई नियन्त्रण गर्छ कि ट्रम्पले अमेरिकालाई ? र अझ ठूलो प्रश्न छ, ट्रम्पले आफ्नो आवेग नियन्त्रण गर्न सकेनन् भने, के अमेरिका र विश्वले यसको मूल्य चुकाउनुपर्ने हो ? यो अनिश्चितताको युगमा अर्को कदम के हुनेछ भन्ने ट्रम्प आफैँलाई पनि थाहा छैन । यही नै सबैभन्दा डरलाग्दो कुरा भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours