वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

२४ माग, काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको छ।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्।
थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।

परिवारका अन्य सदस्य भारतको मुम्बई बस्ने भए पनि थापा शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

थापाको निधनमा कलाकारहरुले दुःख व्यक्त गरेका छन्।

कलाकार केदार घिमिरे (माग्नेबुढा)ले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्!’

You May Also Like

More From Author

+ There are no comments

Add yours