२३ माघ, काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेलबाट पक्राउ गरिएको हो।
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएपछि सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रसाईं ५ माघमा पोखराबाट पक्राउ परेका थिए।


+ There are no comments
Add yours