एकै दिन साढे १८ हजारले घट्याे सुनकाे भाउ, ताेलाकाे कति पुग्याे ?

ताेलामा १५ सय ६५ ले घट्याे चाँदीकाे भाउ

१८ माघ, काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य १८ हजार ८ सयले घटेर ३ लाखमा कायम भएकाे छ । यस्तै, १५ सय ६५ ले घटेर चाँदीकाे मूल्य ताेलामा ५ हजार ५०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ६५ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल ७ हजार ५०५ मा किनबेच भएको थियो ।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल ७ हजार ३०० कायम भएको भने गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल ६ हजार ८७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours