घट्दै छ चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम ५ डिग्रीमा उक्लियो

०५ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ।

माघ लागेयता क काठमाडौँमा बिस्तारै चिसो घट्दो र तापक्रम बढ्दो छ।

हिजो आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस थियोे। सुरुवाती मापनमा भने ४.७ डिग्री सेल्सियस थियो।

आजको पनि आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँ सुरुमा भन्दा थोरै घट्ने सम्भावना हुन्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours