सुपर खुदी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

२५ पुष, काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज पुस २५ गते अन्तिम दिन हो।

कम्पनीले पुस २२ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५५ हजार कित्ता सेयर निष्काशन गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले लिएको छ।

नेपाल धितोपत्र बोर्डले पुस ६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने योजना बनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours