२२ मंसिर, काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सिद्धार्थ फोनपे ‘भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकीकरण सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एसविएलएनपिएल) को दोस्रो संस्करणका अवसरमा आयोजित अन-ग्राउण्ड कार्यक्रममा गरिएको छ । कार्डमार्फत् ग्राहकले भौतिक कार्डको आवश्यकताबिना नै १८ लाखभन्दा बढी फोनपे क्युआर व्यापारीमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन् ।
डिजिटलरूपमा सक्रिय ग्राहकको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्छ । ग्राहकले बैंक स्मार्टएक्सपी मोबाइल बैंकिङ एपमार्फत् तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्न सक्नुका साथै एपमार्फत् सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्य सजिलै गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा ग्राहकहरूले भर्चुअल क्रेडिट कार्डमार्फत् गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्, कुल क्यासब्याक अधिकतम सात सय ५० सम्मको हुनेछ, जसले सदस्यता शुल्क समायोजन गर्नेछ । अफर केवल सीमित अवधि ७ जनवरी २०२६ सम्म मान्य हुनेछ । उक्त सेवाबारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ माफ्र्mत् पनि सम्पर्क गर्न सक्ने बताएको छ ।


+ There are no comments
Add yours