प्रधानमन्त्री कार्कीको सचिवालयबाट प्रमुख स्वकीय सचिव श्रेष्ठको श्रीमतीसहित १४ जनालाई हटाइयो

मंसिर, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट संख्या कटौती गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएको जनाएको हो। अब उनको सचिवालय ६ सदस्यीय भएको छ। यी ६ जना पहिले नियुक्त व्यक्तिहरू नै भएको प्रधानमन्त्री कार्यालयका सहसचिवले जनाएको छ। यस अनुसार यो कटौतीमा पनि प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहने भएका छन् । उनकी श्रीमती संगीता श्रेष्ठ भने हटाइएको छ।

अब प्रधानमन्त्री कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ मात्र रहने भएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours