१० मंसिर, काठमाडौँ । पछिल्लो समय बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले स्थित शालिग्राम सङ्ग्रहालयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
मानव निर्मित सुरुङ भित्र सवा लाख शालिग्राम शिला एकै पटक देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । मुस्ताङको मुक्तिनाथबाट फर्किने पर्यटकको रोजाइमा परेको छ ।
दैनिक जसो ३०० बढी पर्यटकले शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई एक सय मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । बिदाको दिन एक हजार बढी पर्यटक आउने गरेका छन् ।
पछिल्लो चार महिनामा मात्रै २५ हजार बढी पर्यटकले सङ्ग्रहालयको दर्शन गरेका छन् । सङ्ग्रहालयको तीव्र प्रचारप्रसार हुँदा पर्यटकको आकर्षण बढेको छ ।

गत वर्ष झण्डै दुई लाख पर्यटक सङ्ग्रहालयमा आएका थिए । सङ्ग्रहालयले धार्मिक महत्त्व बोकेको छ । पछिल्लो समय मुक्तिनाथबाट फर्किएर बागलुङ कालिका आउने पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका छन् ।
त्रिशूल आकारमा सुरुङभित्र शालिग्राम सङ्ग्रहालयसहित त्रिवेणी धामदेखि दामोदर कुण्डसम्मको नक्सा, विभिन्न मठमन्दिरका आकृति बनाइएको छ ।
सङ्ग्रहालयमा स–साना शालिग्रामदेखि ३०० किलोसम्मको शालिग्राम छन् । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ ।


+ There are no comments
Add yours